अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा अज्ञात समूहसँगको झडपमा दुई प्रहरीसहित ६ जनाको मृत्यु

Banner

काठमाडौं, मंसिर २७–

अस्ट्रेलियामा अज्ञात समूहसँग भएको झडपमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ।

बेपत्ता व्यक्तिको खोजीका लागि परिचालित प्रहरीमाथि अचानक एउटा समूहले गोली चलाएको थियो। क्वीन्सल्याण्डको ब्रिस्बेनबाट २ सय ७० किलोमिटर टाढा पर्ने विअम्बिला क्षेत्रमा बेपत्ता व्यक्तिको खोजीमा खटिएको प्रहरीमाथि आक्रमण भएको हो।

मृत्यु हुनेमा तीन जना आक्रमणकारी रहेको र एक जनाको परिचय नखुलेको अधिकारीहरुले जनाएका छन्। अर्का एक जना व्यक्ति स्थानीय रहेको अनुमान गरिएको छ।

क्वीन्सल्याण्ड प्रहरी आयुक्त क्याटरिना क्यारेलले घटनालाई अकल्पनीय त्रासदी भएको बताएकी छन्। साथै उहाँले यो राज्यमा कयौँ वर्षपछि यति ठूलो घटना भएको समेत उल्लेख गरे।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>