Breaking News
जाजरकोटमा जीप दुर्घटना, ९ जनाको मृत्यु
०

सुर्खेत,मंसिर २६-
जाजरकोटमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट वडा नं.४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खसेको स्थानीय रेशम खड्काले जानकारी दिए।
दुर्घटनामा तीन जना घाइते भएका छन् । मध्यपहाडी सडक खण्डमा भएको उक्त दुर्घटनामा मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























