अन्तर्राष्ट्रिय

पोर्चुगल प्रशिक्षक सान्तोषले भने- रोनाल्डोलाई नखेलाउनुमा पश्चाताप छैन

Banner

काठमाडौं, मंसिर २५-

शनिबार राति अफ्रिकन राष्ट्र सँग पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोलाई नखेलाउनुमा कुनै पश्चाताप नभएको प्रतिक्रिया दिएका छन् । पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिबार राति मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

उनले थपे, ‘मलाई लाग्दैन कि पश्चाताप छ।’ खेलमा पराजित भएपछि सान्तोषले भनेका छन् । ‘रोनाल्डो महान् खेलाडी हुन् । उनी आवश्यक पनि छन् । तर, मलाई लाग्छ यो टोली स्विट्जरल्यान्डसँग राम्रो खेलेको थियो ।’

रोनाल्डो खेलको ५१औं मिनेटमा वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका थिए । ३९ मिनेट मैदानमा बिताउँछा ११ ‘टच’लिए । पराजित भएपछि रोनाल्डो भावुक बन्दै मैदान छाडेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>