कृषि

उन्नत भनेर कमशल बिउ दिएपछि उखु किसान आन्दोलित

Banner

बारा, मंसिर २५–

बाराको रिलायन्स सुगर मिलले उन्नत जातको भनेर कमशल उखुको बिउ दिएपछि उखु किसान आन्दोलित भएका छन्। किसानहरुले सडकमै उखु जलाएर आन्दोलन गरेका हुन् ।

मिलले कमशल बिउ उपलब्ध गराएकोले उखुमा रोग लागेको आरोपसहित किसानहरुले सडकमा उखु जलाएर आक्रोश पोखेका हुन्। कमसल बिउ भएकै कारण समय अगावै उखु सुकेपछि किसानहरु चिनी उद्योगकोविरुद्ध आन्दोलनमा उत्रिएका हुन्।

उखु समय अघिनै सुक्न थालेपछि किसानहरुले शनिबार मानवत मटिअर्वा सडकखण्डको श्रीपुरमा एक घण्टा सडक अवरुद्ध पारे। रोग लागेर सुकेको उखु सडकमै जलाएर उनीहरुले प्रदर्शन गरे। उखु किसानहरुले शनिबार दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म सडक अवरुद्ध पारेका हुन्। रिलायन्स सुगर मिल र उखु उत्पादक संघले मिलेर गुणस्तरहीन बिउ दिएको कारण आफूहरु समस्यामा परेको उनीहरुको आरोप छ।

उद्योगका प्रतिनिधि र किसान संघका प्रतिनिधिहरुसँग छलफल गर्न खोज्दा उनीहरु छलफलमा नआएकाले बाध्य भएर सडकमा सडकमा उत्रनु परेको प्रदर्शनमा सहभागी उखु किसान शशीकान्त यादवले बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>