Breaking News

नेपालको अर्थतन्त्र संकटबाट गुज्रिने अवस्थामा पुगेको छ, पार्टीले ध्यान नदिए खतराको घण्टी बज्ला: माधव नेपाल

Banner

काठमाडौं,मंसिर २४-

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिँदा गाह्रो हुने बताउनुभएको छ। आज भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई दिँदै अध्यक्ष नेपालले विगतमा जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिएको बताउँदै अब आश्वासन दिँदा पनि गाह्रो हुने बताउनुभएको हो।

उहाँले भन्नुभयो,‘अब यो आश्वासन दिँदा पनि गाह्रो हुदो रहेछ । तर हाम्रो बानी के छ भने धेरै आश्वासन दिने धेरै कुराहरु गर्ने त्यहाँ ठाउँ राख्नुपर्नै रहेछ । म सक्दो कोशिस गर्छु भनेर भन्नुपर्दो रहेछ किनभने मान्छेले सबै कुरा पुरा गर्न सक्दैन । जनताको आकंक्षा असिमित हुन्छ । आंकक्षाहरु पुरा गर्न सकिँदैन र तर गर्नेपर्ने आवश्यकताहरुमा पुरा गर्न कोसिस गर्नुपर्छ ।’

फरक प्रसंगमा बोल्दै अध्यक्ष नेपालले नेपालको अर्थतन्त्र संकटबाट गुज्रिने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

‘नेपालको अर्थतन्त्र पनि अष्ट्रेलियाकै जस्तो अवस्थाबाट गुज्रिन्छ कि भनेर देखिदैछ । त्यही भएर देशको अर्थतन्त्रलाई कसरी सुधार्ने भनेर समीक्षा गर्न जरुरी छ । समस्यालाई सुधार्नपर्छ । सुधार्न मुल राजनीतिक पार्टीले ध्यान दिएन भने खतराको घण्टी बज्ला ।’उहाँले भन्नुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>