Breaking News

समानुपातिक सांसदको सूची प्रचण्डको ‘गोजी’मा, आयोगमा बुझाउने तयारी

Banner

काठमाडौँ, मंसिर २४-

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ आफ्नो पार्टीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूको सूची तयार पारेको छ। शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकमा नै समानुपातिकमा पर्ने सांसदहरुको सूची तयार पारेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ। संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्थाअनुसार माओवादीले प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ। बाँकी रहेको दुई सिटमा पुरुष पठाउने सक्नेछ। तर हिजाको बैठकले केही नाममा सहमति जुटाउन नसकेपछि निर्णय गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिइएको थियो।

त्यसपछि पुनः शनिबार बैठक बसेर सो सूचीबारे जानकारी गराउने भनिएपनि शनिबार माओवादी बैठक बस्ने संभावना कम भएको एक नेताले जानकारी दिए। ती नेताका अनुसार अध्यक्ष प्रचण्डले समानुपातिक सूची तयार पारेर ‘गोजी’ मा राखेका छन्।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>