इच्छकामना

अहा ! चितवनको तामिनबाट देखिएको हिमाल (फोटोफिचर)

Banner

चितवन,मंसिर २४-

चितवनको इच्छाकामना गाँउपालिमा ५ मा तामिन पर्यटकिय दृष्टिकोणले पनि निकै महत्वपूर्ण छ । यहाँबाट माछापुच्छ्रे,गणेश लगायतका हिमश्रृङखलाहरुको सुन्दर दृश्य देख्न सकिन्छ ।
पुथ्वी राजमार्गको मुग्लिन बजारबाट ६ किलोमिटरको यात्रापछि यो स्थानसम्म पुग्न सकिन्छ । पर्यटनको सम्भावना बोकेको यो ठाँउबाट ठिक पूर्वपट्टी गोरखा जिल्लाको मनकामना मन्दिर देख्न सकिन्छ । यहाँबाट पहाडका विभिन्न गाँउहरु सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । अधिकांस गुरुङ जातिको वसोबास रहेको यो ठाँउबाट तनहुँ जिल्लाको छिम्केश्वरी मन्दिर पनि देख्न सकिन्छ ।
यो ठाँउ सुन्तला उत्पादनका लागि पनि प्रख्यात हो । यहाँ उत्पादन हुने तरकारी मुग्लिन लगायतका बजारमा लगेर विक्री गर्ने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>