Breaking News

शिक्षामा लगानीअनुसारको प्रतिफल आएन: प्रधानमन्त्री शेरबहादुर देउवा

Banner

काठमाडौं, मंसिर २३-

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको प्रतिफल पाउन नसकेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले शिक्षाको हक मौलिक हकको रुपमा व्यवस्था गरेको बताए ।

सरकारले शिक्षा क्षेत्रको विकासको लागि उचित स्रोत र साधनको व्यवस्था गर्दै आइरहेको प्रधानमन्त्री देउवाले बताए ।

‘सरकारको लगानीको तुलनामा शिक्षा क्षेत्रबाट प्रतिफल अपेक्षाअनुसार आउन सकेको छैन । यो स्थितिमा सुधार गर्दै शिक्षा क्षेत्रमा गरेको लगानीलाई बढी उपलब्धिमूलक र प्रतिफलमुखी बनाउनुपर्ने आवश्यकता छ। विश्वविद्यालयको शिक्षा औपचारिकमात्रै नभएर व्यवहारिक हुनुपर्छ’, उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>