Breaking News
निर्वाचनले जनतामा खुशी ल्याएन, उल्टै थप संकटतर्फ धकेलेको छ: विप्लव

रुपन्देही, मंसिर २३-
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा संघीयताको औचित्य नभएको बताउनुभएको छ। रिपोर्टर्स क्लबले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले अहिलेको संघीयताले नेताको मात्रै व्यवस्थापन भएकाले यस्तो सघीयताभन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको उहाँले बताउनुभएको हो ।
उहाँले प्रदेश र संघको निर्वाचनमा आएको मत परिणामले दलहरुको औचित्य नभएको प्रस्ट पारेको जिकिर गर्नुभयो।
उहाँले मंसिर ४ को निर्वाचनले जनतामा खुशी नल्याएको उल्टै थप संकटतर्फ धकेलेको दाबी गर्नुभया ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा ३ बुँदे सहमति भएको र वर्तमान सरकारसंग पनि सहमति कार्यान्वयन गर्न विभिन्न कोणबाट छलफल भइरहेको विप्वलले जानकारी दिनुभयो ।
पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएको जनाउँदै उनले राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने चेतावनी दिनुभयो ।


























