Breaking News

एक करोड चार लाख २० हजार समानुपातिक मत गणना, नेकपा एसले कति पायो ?

Banner

काठमाडौँ, मंसिर १८–

मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत भएको मतगणना लगभग सकिएको छ। अब विभिन्न कारणले रोकिएको ठाउँका मतगणना मात्रै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार समानुपातिकतर्फ देशभरको एक करोड चार लाख २० हजार १२५ मत गणना भइसकेको छ । पछिल्लो विवरण हेर्दा नेकपा एमाले २७ लाख ८८ हजार ३५६ मतका साथ अग्रस्थानमा छ । कांग्रेसले २६ लाख ६० हजार २४६ मत प्राप्त गरेको छ । कांग्रेस दोस्रो स्थानमा छ ।

माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ मतका साथ माओवादीलाई पछ्याइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार ६३८ मतका साथ पाचौँ स्थानमा छन् भने नेकपा एकिकृत समाजवादीले अझै पनि थ्रेस होल्ड कटाउन सकेको छैन ।

माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी २ लाख ९४ हजार ३६२ मतका साथ आठौँ स्थानमा छ । समानुपातिकमा कुल मतको ३ प्रतिशत मत पाउने दलले राष्ट्रिय दलको मान्यता पाउँछ । समाजवादीले हालसम्म २.८२ प्रतिशत मात्रै मत पाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>