Breaking News

प्रधानमन्त्री बनेर काम गर्नसक्ने कन्फिडेन्स ममा छ: प्रकाशमान सिंह

Banner

काठमाडौं, मंसिर १७–

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजधानीको खानेपानी समस्या समाधानमा पहल गरिरहेको बताउनुभएको छ ।
शनिबार बिहान काठमाडौंको आशा आवासीय विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बहुप्रतिक्षित मेलम्ची खानेपानी परियोजना किन सुरु हुन सकेन भनेर आफूहरू खानेपानी मुहानमै पुगेर आएकाले केही व्यावहारिक र प्राविधिक समस्या तत्कालै समाधान गराउन प्रधानमन्त्रीसँग पहल गर्ने समेत उहाँले बताउनुभएको हो।

उहाँले भन्नुभयो, ‘यहाँ सुकुम्बासीहरूको पनि समस्या देखिएको छ। अहिले राष्ट्रिय भूमि आयोगले काम गरिरहेको छ। आयोगले दिएको सुझावअनुसार हामीले छिट्टै सुकुम्वासीहरूको समस्या समाधान गर्नेछौँ,’।

उहाँले आफूसँग प्रधानमन्त्री बनेर काम गर्नसक्ने ‘कन्फिडेन्स’ भएको पनि बताउनुभयो। काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रको विकास र समृद्धिको लागि आफू सधैँ तत्पर रहेको बताउनुभयो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>