चितवन विशेष

फोहोर पुरेर चितवन महोत्सव : विरोध स्वरुप महानगरअगाडि आज धर्ना दिँदै अभियान्ता

Banner

चितवन, मंसिर १६–
नारायणी नदी किनारको चौरमा प्लाष्टिकजन्य फोहोर गाडेर चितवन महोत्सव गर्ने तयारी भइरहँदा उक्त कार्यको चर्काे विरोध भइरहेको छ ।

भरतपुर महानगरपालिकाको स्वीकृतिमा उद्योग वाणिज्य संघ चितवनले १५० टेक्टर फोहोर नदी किनारमा गाडेर चौर सम्याएको छ । वातावरण संरक्षणकर्मी र अभियान्ताहरुले भने उक्त फोहोरले वातावरण र जलचरमा गम्भिर असर पु¥याउने भन्दै उक्त फोहोर निकालेर अन्यत्र लैजान माग गर्दै आएका छन् ।

उनीहरुको माग महानगर र उवासंघले भने सुनेको नसुन्यै गरेको छ । आन्तरिक पर्यटकिय स्थलको रुपमा विकास हुँदै गरेको स्थानमा बजारको फोहोर डम्प गरिएपछि त्यसको विरोध स्वरुप अभियान्ताहरुले आज भरतपुर महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिँदै छन् ।

‘आज १ बजे नारायणी नदीमा फोहोर डम्प गरी त्यसको माथि महोत्सव मनाउन लागिएको विरोधमा हामी भरतपुर महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिँदैछौं’, बेटर चितवनको संस्थापक सदस्य एवम् नेपाल विकास समाजका कार्यक्रम संयोजक सागर कार्कीले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>