चितवन विशेष
भरतपुर गणेशधामको दुई मन्दिरमा ढोका फोरेर दानपेटिका चोरी
०

चितवन, मङ्सिर १५-
चितवनको भरतपुर महानगरपालिका ११ स्थित गणेशधाममा गयराती चोरी भएको छ । मन्दिरको ढोका फोरेर दान पेटिका चोरी गरिएको छ । मन्दिर संरक्षण तथा संबद्र्धन समितका अनुसार गणेशधाम भित्र रहेका कमलेश्वर र पशुपति मन्दिरको ढोका फोरेर चोरी गरिएको हो । यस्तै गणेशस्थानको मुख्य गणेशको मन्दिरको ढोका समेत चोरले फोर्ने प्रयास गरेका थिए । गणेशधाम क्षेत्रको सुरक्षाका लागि सोही ठाँउमा प्रहरी विट छ । ६ जना प्रहरी त्यहाँ कार्यरत छन् । तर प्रहरीकै अगाडि मन्दिरमा चोरी भएपछि जिल्लाको सुरक्षा व्यवस्थामाथि नै चुनौती थपिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























