मनोरञ्जन

राजेशपायलले पहिलोपटक सार्वजनिक गरे छोराको तस्वीर

Banner

काठमाडौं, मंसिर १५-

गायक राजेशपायल राईले पहिलोपटक छोराको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । राजेशपायलले बुधबार बेलुका छोराको पास्नीको तस्वीर सार्वजनिक गरेका हुन् । उनको छोराको नाम हो सायारेम ।

गत असोज १५ गते राजेशपायल राईलाई पुत्रलाभ भएको थियो । उनीसँग लिभिङ टुगेदरमा बसिरहेकी सङबुङ राईबाट राजेशलाई पुत्रलाभ भएको हो । सङबुङले टिकटकबाट राजेशपायल र छोराको भिडियो तथा तस्वीर सार्वजनिक गर्दै आएकी थिइन् ।

उनी लेख्छन्, ‘पहिलो भात खुवाइ यानेकी पास्नी । दिदी राइसासँग सायारेम । उनको यो पोस्टमा बधाई र शुभकामनाको ओइरो लागेको छ । सायारेमलाई ‘सानो राजेश’ भन्दै प्रशंसकले बधाई दिइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>