Breaking News

मेरो पार्टीले गरेको कमजोरीको जिम्मा म लिग्छु: विष्णु पौडेल

Banner

काठमाडौं, मंसिर १५-

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको जनादेशले मुलुकलाई स्थिरता नदिने बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले यो जनादेशले स्थिर सरकार पनि दिन नसक्ने बताउनुभयो ।

पौडेलले भन्नुभयो, ‘यसपटकको जनादेशले स्थिर सरकार बन्दैन, यो मुलुकका लागि दुर्भाग्य पूर्ण छ ।’ यसको प्रभाव अर्थतन्त्रमा समेत पर्ने उहाँको भनाइ रहेको छ । पौडेलले नयाँ संविधान बनेपछि आएका सरकारले अर्थतन्त्रमा गरेका काममा विश्लेषण गर्न समेत प्रस्ताव गर्नुभयो ।

आफ्नो पार्टीले गरेको कमजोरीको जिम्मा आफूले लिने भन्दै पौडेलले अर्थतन्त्रमा गम्भीर सङ्कट रहेकोले समाधानका लागि सामूहिक निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>