Breaking News

मेरै नेतृत्वमा गठबन्धनको सरकार बन्छः रामचन्द्र पौडेल

Banner

चितवन, मंसिर १५–

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छिट्टै गठबन्धनको सरकार निर्माण हुने बताएका छन् ।

आज (विहीबार) विहान भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरागर्दै नेता पौडेलले गठबन्धनकै नयाँ सरकार बन्ने दावी गरे । उनले गठबन्धन सरकारको नेतृत्व समेत आफैले गर्ने दावी गरे । ‘मेरै नेतृत्वमा गठबन्धनको सरकार बन्छ, हामी छलफलमा छौं’–पौडेलले भने ।

पौडेलले चुनाव अघि नै आफू भावी प्रधानमन्त्री भएको भन्दै प्रचार गर्दै आइरहेका थिए । उनले चुनाव जितेलगत्तै झनै दवाब बढाउँदै लगेका छन् । पौडेल देवघाट जान आज विहानै चितवन आइपुगेका हुन् । नेता पौडेलले गठबन्धन बाहेकको सरकार बनाउन विकल्प नभएको भन्दै सबै गठबन्धनलाई निरन्तरता दिएरै अघि बढ्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>