Breaking News

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी

Banner

चितवन, मंसिर ११-

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।

शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको हो । जिल्ला प्रहरीका अनुसार घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् ।

आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ । चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले घटनाको अनुसन्धान भैरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>