Breaking News
स्वतन्त्र पार्टीको समानुपातिक मतः बागमतीमा सर्वाधिक र कर्णालीमा कम हुदाँ अन्य प्रदेशमा कति ?
०

काठमाडौँ, मंसिर १०
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । मतगणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ७ लाख ९७ हजार ८२२ मत प्राप्त गरी तेस्रो स्थान ओगटेको छ ।
यो पार्टीले समानुपातिकतर्फ प्रदेशगत रुपमा बागमती प्रदेशबाट सर्वाधिक र कर्णाली प्रदेशमा कम मत प्राप्त गरेको हो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशबाट समानुपातिकतर्फ २ लाख ५४ हजार ३१ मत प्राप्त गर्दा कर्णाली प्रदेशमा भने हालसम्म जम्मा १७ हजार ४६९ मतमात्र प्राप्त गरेको छ ।
यो पार्टीले अहिलेसम्म प्रदेश १ बाट एक लाख ४२ हजार २५३, मधेस प्रदेशबाट ३४ हजार ९२६, गण्डकी प्रदेशबाट एक लाख ५६ हजार ४८८, लुम्बिनी प्रदेशबाट एक लाख ५९ हजार २५५ र सुदूरपश्चिम प्रदेशबाट ३३ हजार ४०० मत पाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























