Breaking News
चितवन ३ मा राप्रपाका पाण्डे ९ हजारबढी मतान्तरले विजयी
०

चितवन, मंसिर १०–
चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित भएका छन् । शुक्रबार राति सार्वजनिक मतपरिणाम अनुसार पाण्डे ९ हजार २३३ मतान्तरले निर्वाचित भएका हुन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका डा भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत ल्याएर तेस्रो स्थानमा पुगिन् भने नेपाली कांग्रेसबाट कारबाही भोगेका दिनेश कोइराला १२ हजार २७५ मतका साथ चौँथो स्थानमा पुगे । माछा चिह्न लिएर स्वतन्त्र उमेदवारी दिएका कोइराला पश्चिम क्षेत्रमा पुगेपछि निरन्तर पछाडि रहे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























