Breaking News
अपेक्षा गरे जस्तो परिणाम आएन, तुरुन्तै काठमाडौं गएर गठबन्धनको बैठक बस्छौँ: प्रचण्ड
०

गोरखा, मंसिर ९-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नल्याएको बताएका छन् । गोरखा २ बाट निर्वाचित भएपछि आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको बैठक बसेर छलफल गर्न तुरुन्त काठमाडौं जान लागेको बताए ।
उनले भने, ‘गठबन्धन परिणमको रूपमा हेर्दा त सफल भएको छ । तर, हामीले सोचेजस्तो परिणाम भएन भन्नेपनि छ । नसोचेका केही कुरा भए । त्यसैले यहाँ सकेर तुरुन्त काठमाडौं जानुपर्ने भएको छ । गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ । अपेक्षा गरेको जस्तो भएन । गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ ।’
प्रचण्डले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने प्रयासलाई सफल हुन नदिने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























