Breaking News

चितवन ३ (क) : कांग्रेसको गढमा राप्रपाको जित,गिरबहादुर तामाङ विजयी

Banner

चितवन, मंसिर ८–

चितवनमा नेपाली कांग्रेसको गढ मानिने क्षेत्रमा राप्रपाले जित हात पारेको छ । चितवन प्रदेश सभा क्षेत्र नं ३ (क)मा राप्रपाका गिरबहादुर तामाङ २ हजार ८५७ मतान्तरले निर्वाचित भएका छन् । यस क्षेत्रको जम्मा ५० हजार २१२ मत गणना गर्दा तामाङले १७ हजार ८१३ मत प्राप्त गरे ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्राडा सूर्यकान्त घिमिरेले १४ हजार ९५६ मत मात्रै प्राप्त गरे । गठबन्धनका तर्फबाट उमेदवारी दिएका कांग्रेसका घिमिरेले गठबन्धन दलकै भोट पाएनन् । २०७४ मा यहि क्षेत्रबाट निर्वाचित एमालेका पूर्व प्रदेश सांसद कृष्ण भुर्तेल तेस्रो भए । उनले ११ हजार ६२३ मत मात्रै प्राप्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>