Breaking News
विरोध खतिवडालाई हराउँदै सांसद चुनिए एमालेका महेश बर्तौला
०

मकवानपुर,मंसिर ८-
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजारभन्दा बढी मत अन्तरले पछि पार्दै बर्तौलाले प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् ।
८६ हजार ३१ मत खसेकोमध्ये बर्तौलाले ३४ हजार ९१६ मत पाएर विजयी भए । खतिवडाले ३० हजार ३९६ मत पाए । खतिवडा बर्तौलाका राजनीतिक गुरु हुन् । खतिवडा यसअघिका निर्वाचनहरुमा लगातार चार पटक निर्वाचित भएका थिए । संसदीय निर्वाचनमा विरोधको यो पहिलो हार हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























