राशिफल

यस्तो छ तपाईको आजको राशिफल

Banner

आज २०७९ साल मंसिर ८ गते बिहिवार, तदनुसार सन् २०२२ नोभेम्बर २४ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको राशिफल यस्तो रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । लाभदायक यात्रा पनि रहला, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । दैनिक कामहरू अगाडि बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीभाइबाट सहयोग मिल्नेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ सफलता पनि मिल्नसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बोलीको विपरीत अर्थ लाग्न सक्छ । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । आज लगानी गर्नु पनि उपयुक्त नहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अतिथिका रूपमा सम्मान पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>