निर्वाचन

मकवानपुरमा चार दिनदेखि आमाको क्रिया बसेका तीन किरियापुत्रीले गरे मतदान

Banner

मकवानपुर, मंसिर ४– 

मकवानपुरको मनहरीमा चार दिनदेखि आमाको क्रिया बसेका तीन किरियापुत्रीले मतदान गरेका छन् । आज बिहानैबाट सुरु भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा मनहरी–४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा तीन जना किरियापुत्री दाजुभाइले मतदान गरेको मतदान अधिकृत भैरवबहादुर कुमालले जानकारी दिनुभयो ।

किरियापुत्री बिलराम खड्काले मतदान केन्द्र क, राजकुमार खड्का र राम खड्काले मतदान केन्द्र ख मा मतदान गर्नुभएको हो । उहाँहरूले आमा मैयाँ खड्काको निधनको चौथो दिन किरियापुत्रीको पहिरनमै मतदान गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>