निर्वाचन

हेटौँडामा चुनाव बिथोल्न खोज्ने सात जना पक्राउ

Banner

मकवानपुर, मंसिर ४-

हेटौँडामा आज बिहान  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बिथोल्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार हेटौँडा–१० बसपार्कमा रहेको नेकपा बहुमत समूह मकवानपुरका इञ्चार्ज हेटौँडा–१० बस्ने ४१ वर्षीय रवि खड्कासहित सात जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा नेकपा बहुमत समूहका जिल्ला संयोजक हेटौँडा–१५ का शक्ति मगर, समूह जिल्ला सचिवालय सदस्य बाग्मती गाउँपालिका–४ का लिला माझी, समूहका जिल्ला सदस्यहरु हेटौँडा–१० बस्ने अजय गहतराज, हेटौँडा–११ बस्ने विकास लामा, बाग्मती गाउँपालिका–८ बस्ने अनिल सिङ्तान र समूहका जिल्ला युवा अध्यक्ष हेटौँडा–८ बस्ने वसन्त लामा रहेका छन् ।
प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लगिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>