Breaking News

मतदाता बोलाई आश्वासन दिएको भन्दै देउवालाई कारबाही गर्न आयोगमा उजुरी

Banner

काठमाडौँ, मंसिर ३-

प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । स्थिर समयको बेला मङ्सिर २ गते प्रधानमन्त्री देउवाले डडेल्धुरास्थित रातो गुराँस रिसोर्ट प्रालिमा निर्वाचन आचारसंहिताको उल्लङ्घन गरी आम मतदातालाई बोलाई आश्वासन दिएको भन्दै समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

उजुरीमा भनिएको छ, ‘डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मिति २०७९-०८-०२ गते बिहान ११ बजेको समयमा डडेल्धुरास्थित रातो गुराँस रिसोर्ट प्रालिमा निर्वाचन आचारसंहिताको मौन अवधिको व्यापक उलङ्घन गरी आम मतदातालाई बोलाई आश्वासन दिने, आर्थिक प्रलोभन दिँदै जनही ५ हजारको दरले पैसा समेत बाँडेको भनी स्थानीय मतदाताले भनेको भन्ने समाचार आम सञ्चारमाध्यममा प्रकाशन/ प्रसारणसमेत भएको तथा सञ्चारमाध्यममा प्रसारितरप्रकाशित भिडियोमा सयौँ जना मतदाताको भीड उल्लेखित रातो गुराँस रिसोर्ट प्रालिमा देखिएको हुँदा निर्वाचन आचारसंहिता विरुद्ध काम गर्ने उम्मेदवार शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न निर्वाचन आयोग नेपाल, कान्तिपथ समक्ष यो निवेदन इमेलमार्फत पेस गरेको छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>