मकवानपुर

मकवानपुरमा निर्वाचनका लागि कडा सुरक्षा व्यवस्थापन

Banner

हेटौँडा, मङ्सिर २–

जिल्ला सुरक्षा समिति मकवानपुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनलाई पारदर्शी, निष्पक्ष एवं भयरहित ढङ्गबाट सम्पन्न गर्न मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन गरिएको जनाएको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकमा मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन भइसकेको र त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जनाइएको छ ।

बैठकमा राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारीले मकवानपुरको तीन सय ६४ वटै मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउने सन्दर्भमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

जिल्लाका २० अति संवेदनशील, केही संवेदनशील र बाँकी सबै मतदान केन्द्रमा उच्च सुरक्षा दिनका लागि सुरक्षाकर्मी खटिइसकेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रत्येक मतदान केन्द्रमा नेपाल प्रहरी, नेपाली सेना र म्यादी प्रहरीले सुरक्षा दिने सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलले जानकारी दिनुभयो । मकवानपुर जिल्लामा दुई निर्वाचन क्षेत्र र तीन लाख सात सय ७८ मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>