Breaking News
मंसिर १२ गतेदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली उडान गर्ने
०

काठमाडौँ, मंसिर २-
नेपाल एयरलाइन्सले मंसिर १२ गतेबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ। निगमले आगामी मंसिर १२ बाट काठमाडौं-दिल्ली-भैरहवा-दिल्ली-काठमाडौं उडान गर्ने भएको हो।
एयरलाइन्स प्रवक्ता अर्चना खड्काका अनुसार काठमाडौंबाट भैरहवा हुँदै दिल्ली उडानका लागि नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ।
उनले भनिन्, ‘एयरलाइन्सले सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी सातामा चार उडान गर्ने छ र तत्कालका लागि एयरलाइन्सले काठमाडौं-दिल्ली, दिल्ली-भैरहवा-काठमाडौं उडान गर्छ ।’
नेपाल एयरलाइन्सले उडान सुरू गरेपछि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या तीन पुग्नेछ। हाल कुवेतको जजिरा एयरवेज र नेपालकै निजी लगानीको वायुसेवा हिमालय एयरलाइन्सले नियमित उडान गरिरहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























