अन्तर्वार्ता

कांग्रेस र एमालेको मत मलाई आउँछः दिनेश कोइराला

Banner

चितवनको निर्वाचन क्षेत्र नं. ३ छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा पुगेपछि यहाँको चुनावी प्रतिस्पर्धा त्रिपक्षिय हुने देखिएको छ । एमालेको सर्मथनमा उम्मेदवार बनेका दिनेश कोइराला, राप्रपाका विक्रम पाण्डे र सत्ता गठवन्धनका डा. भोजराज अधिकारीका बीचमा चुनावी प्रतिस्पर्धा हुँदैछ । डा. अधिकारीलाई कांग्रेसको संस्थापन पक्षको सर्मथन छ । कांग्रेसबाट नै चितवन ३ मा बागी उम्मेदवार बनेका छन् पूर्व सांसद जगन्नाथ पौडेल । यसैले कांग्रेसको मत कता कता जान्छ यसै भन्न सक्ने अवस्था छैन । तर, एमालेको सर्मथनमा उम्मेदवार बनेका दिनेश कोइराला कांग्रेसको मत आफूलाई आउने बताउँछन् । चार चार जना केन्द्रीय सदस्य भएको चितवन ३ मा गठवन्धनले माओवादीलाई क्षेत्र छाडेपछि दिनेश कोइरालाले विद्रोह गरेका हुन् । पार्टी केन्द्रले चितवन ३ का कांग्रेसमाथि अत्याचार गरेको भन्दैं दिनेशले विद्रोहको विपुल बजाएका छन् । लोकप्रिय छवि बनाएका दिनेश कोइराला विद्यार्थी राजनीतिवाट आएका हुन् । नेपाल जेसिज सन् २००८ को राष्ट्रिय अध्यक्षसमेत बनेका कोइरालाको भूमिका समन्वयकारी छ । मंसिर ४ गतेको निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा अगाडि कोइरालासँग गरिएको कुराकानी ः

तपाईं कांग्रेसबाट विद्रोह गरेर उम्मेदवार बन्नुभएको छ । जनताको बीचमा जाँदा कस्तो पाउनुभयो ?

पक्कै पनि नेतृत्वले कांग्रेसको गढ भएको चितवन ३ मा माओवादीलाई छाडेपछि हामीले विद्रोह गर्नुपर्ने अवस्था आयो । कहिलेसम्म सहने कहिलेसम्म कांग्रेसले माओवादी बोकेर हिड्ने ? ल हिजो प्रचण्डलाई र उनको छोरीलाई त बोकियो तर उनले जसजसलाई उठाउँछन् उसलाई पनि कांग्रेसले सर्मथन गर्न थालेपछि न त्यहाँ कांग्रेस रहने भयो, न कुनै नेताको भविश्य रहने भयो । त्यसैले हामीले विद्रोह गरेर जनताको बीचमा गयौं । जनताको बीचमा जाँदा राम्रो प्रतिक्रिया पाएको छु ।उहाँहरुले साथ दिनुहुन्छ ।

तपाईंको पार्टीले गठवन्धनका उम्मेदवार भोजराज अधिकारीलाई सर्मथन गरेको छ, तपाईंलाई एमालेले गरेको छ ? कस्तो पाउनुभाछ प्रतिस्पर्धा ?

म कांग्रेसको केन्द्रीय सदस्य हुँ । मैले कुनै कांग्रेसका नेताका विरुद्धमा उम्मेदवार बनेको हैन । प्रचण्डले जो जो उठाउँछन् तिनलाई सर्मथन गरेर हिड्ने काम हामी कांग्रेसलाई सुहाउने कुरा हैन । त्यसैले मैले उठ्ने निर्णय लिए । मलाई एमालेले सर्मथन ग¥यो । एमालेको साथ दिएको छ म त्यसमा सम्मान ब्यक्त गर्दछु । धन्यवाद दिन्छु ।

तपाईंलाई कांग्रेस र एमालेले किन मत दिन्छन् ?

म कांग्रेसको केन्द्रीय सदस्य हो । चितवनका कांग्रेसहरुले हिजो भन्दै आउनुभयो, हाम्रो उम्मेदवार भएन, सधैं माओवादीलाई मत दिनप¥यो । तर, यसपटक म कांग्रेसबाट उठेको छु । कांग्रेसका मतदाताले, समर्थकले, नेता कार्यकर्ताले अब मलाई मत नदिए कसलाई दिने ? दिनेश कोइराला कांग्रेस हैन भन्न उहाँहरुले सक्नुहुन्न । मैले कांग्रेसमा ठूलो योगदान गरेको छु । मलाई विश्वास छ चितवन क्षेत्र नं. ३ का कांग्रेसका सबै जनाले मलाई मत दिनुहुन्छ । म कांग्रेस र एमालेको साझा उम्मेदवार हो ।

एमालेको पछाडि लागेर मत माग्नु भएको भन्ने आरोप लागेको छ नी के भन्नुहुन्छ ?

एउटा कुरा म के भन्छु भने ।देउवा किन प्रचण्डको पछाडि लाग्नुभएको हो ? प्रचण्ड कि कांग्रेस र देउवाको पछाडि लाग्नुभएको हो ? देउवाले माओवादीको हँसिया हथौडामा मत माग्न र दिन हुन्छ भने कांग्रेसका अन्य मतदाता र कार्यकर्ताले किन सूर्यमा हाल्न नहुने ? देउवाले जे जे भन्नुहुन्छ जताजता भन्नुहुन्छ उतै मात्र किन मत दिने ? चितवनका कांग्रेसले किन माओवादीलाई मत दिने ?

निर्वाचन जित्नेमा कतिको आशावादी हुनुहुन्छ ?

हेर्नुस् म चितवनको राजनीतिमा सुरु देखि नै छु । यहाँको राजनीतिक, सामाजिक परिवर्तनमा मेरो योगदान छ । म अरु कुनै पेशा ब्यावसाय गरेर कमाएर हैन अव राजनीति गर्नपरो भनेर आर्शिवाद लिएर उम्मेदवार बनेको पनि हैन । मै विकृतीका विरुद्धमा आवाज उठाएको हो । अहिलेको गठवन्धन देशको हितमा छैन भनेको छु । यो घटनाक्रमले पनि पुष्टि गरेको छ ।म अन्यायमा परेको छु । हिजो महानगरपालिकाको मेयरको टिकट शेरबहादुर र प्रचण्डले उनकै छोरीलाई उठाउन खोसेको हैन र ? विकृती त्यहीँबाट भित्रिएको हैन र ? मलाई विश्वास छ, चितवन ३ का आम न्यायप्रेमी कांग्रेसका मतदाता र एमालेका मतदाता, शुभेच्छुकहरुलाई मलाई मत दिनुहुनेछ । चितवनबाट एउटा सन्देश प्रवाह गर्नुहुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>