निर्वाचन

गगन थापालाई भोट माग्दै नायक प्रदीप खड्का

Banner

काठमाडौं, मंसिर १-

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कलाकार पनि होमिएका छन् ।यो मामिलामा प्रदीप खड्का एक कदम अघि देखिएका छन् । बर्दघाटमा नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभामा सहभागी भएर प्रदीपले चौधरीलाई भोट मागेका थिए भने बुधबार अर्का उम्मेदवार गगन थापाको चुनावी घरदैलोमा पुगेर उनको पक्षमा भोट समेत मागे । यति मात्र होइन, प्रदीपले गगनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारे ।

‘दाइमाथि मलाई विश्वास छ । भावी प्रधानमन्त्रीको रुपमा आफूले आफूलाई जसरी दाबेदारी देखाइरहनुभएको छ । म यसमा विश्वस्त छु कि आउनुपर्ने र सम्हाल्नुपर्ने नयाँपुस्ताले नै हो,’ प्रदीपले भने ।

सँगै उभिएका उम्मेदवार थापाले भने, ‘हाम्रो पुस्ताको चर्चित मात्र होइन, सम्भावना भएको नायकले मैदानमै आएर मेरो पक्षमा भोट माग्नुभयो, म यसप्रति आभारी पनि छु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>