Breaking News

मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाऔं: प्रधानमन्त्री देउवा

Banner

 काठमाडौं,मंसिर १-

मतदानमा सहभागि भएर लोकतन्त्रको उत्सव मनाउन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गर्नुभएको छ ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर उहाँले भन्नुभएको छ,  ‘निर्वाचनमा तपाईंहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने छ ।’

दुई दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको भन्दै देउवाले सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको बताउनुभएको छ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>