Breaking News

चितवन ३ (ख)का उमेदवार ढकालले प्रयोग गर्ने गाडीमा आगजनीको प्रयास

Banner

चितवन, मंसिर १–

चितवन क्षेत्र नं ३ (ख)का प्रदेशसभा सदस्य उम्मेदवार ठाकुर प्रसाद ढकालले प्रयोग गर्दै आएको चुनावी प्रचार गाडीमा आगजनीको प्रयास भएको छ ।

मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले ढकालले चुनाबी प्रचारका क्रममा प्रयोग गर्दै आएको बागमती प्रदेश ०६–००१ य ०००१ नम्बरको स्कोर्पियो गाडीमा आज बिहान करिब ६ बजेको समयमा पेट्रोल छर्किएर आगो लगाई भागेका हुन् ।

आगो लागेको थाहा पाएलगत्तै घरमै जोडिएको पानी तान्ने मोटरबाट आगो निभाइएको उम्मेदवार ढकालले जानकारी दिए । ढकाल लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)बाट प्रदेश सभा सदस्यको उमेदवार हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>