Breaking News

नेपालगञ्जमा कुकर बम विस्फोट हुँदा विप्लव समूहका दुई जना घाइते

Banner

काठमाडौं, मंसिर १–

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरस्थित एउटा घरमा बुधबार राती सवा ८ बजेतिर कुकर बम विस्फोट भएको छ । बम विस्फोट हुँदा विप्लव समूहका विद्यार्थी संगठन बाँकेका अध्यक्ष सल्यान बागचौर–२ निवासी डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता घोडागोडी नगरपालिका १ कैलालीका धर्मराज सुनार घाइते भएका छ्न्।

स्थानीय सृजन भनिने दिवाकर मल्लको घरमा कुकर बम बिस्फोट भएको हो । घाइते मध्ये सुनारको अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उनलाई भेरी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारकालागि नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको छ।

अर्काको भने भेरीमै उपचार भैरहेको छ। बाँकेका डिएसपी रामप्रसाद घर्तीले कुकर बम बिस्फोट भएको पुष्टि गरे। उनिहरुले बम बनाउँदै गरेको अबस्थामा बिस्फोट भएको हुन सक्ने आशंका गरिएको छ।

घटनास्थलमा थप बम फेला परेकामा नेपाली सेनाको बम डिस्पोजल टोली बम निक्रिय पारेको थियो। डिल्ली एक वर्ष अघि मल्लको घरमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको पनि प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। यसअघि हिजै दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भनिएको एक कार्यक्रम स्थलनजिक बम विस्फोट भएको थियो। विस्फोटमा एकजना घाइते भएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>