मनोरञ्जन

गगनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा केकीले भनिन्- सफल राजनीतिज्ञको रुपमा उदय होस्

Banner

काठमाडौँ, कात्तिक ३०

अभिनेत्री केकी अधिकारीले काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । केकीले भोट मागेको भिडियो सन्देशलाई गगनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

गगनले सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा केकीले सफल राजनीतिज्ञको रुपमा गगनको उदय होस् भन्ने अपेक्षा व्यक्त गरेकी छन् ।

‘असल जनप्रतिनिधिको रुपमा आफ्नो यात्रा अघि बढाउन अपील गर्छु । सफल राजनीतिज्ञको रुपमा दाइको उदय होस् भन्ने कामना गर्छु,’ केकीले भनेकी छन् ।

नेपाली कला, साहित्य, संगीत र चलचित्रप्रति गगन थापाको अभिरुचि आफूले पाएको पनि उनले बताएकी छन् । ‘संसदमा उहाँले राष्ट्रिय चासोका विषयमा खबरदारी गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो,’ केकीले भनेकी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>