मनोरञ्जन

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमलाई मागे दयाहाङ र दीपाश्रीले भोट

Banner

काठमाडौं, कात्तिक ३०-

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमलाई अभिनेता दयाहाङ राई र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले भोट मागेका छन् । बम काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । मण्डला थिएटर पुगेका बमलाई दयाहाङले जितको शुभकामना दिए ।

यस्तै दीपाश्रीले पनि आफूलाई भोट गर्ने बताएको बमले उल्लेख गरेका छन् । बम मध्यबानेश्वरस्थित दीपाश्रीको घरमा भोट माग्न पुगेका थिए ।

दीपाश्रीलाई उद्धृत गर्दै बम लेख्छन्, ‘म काठमाडौं-१ कै मतदाता हुँ, पुकारलाई मत दिने कुरामा म तयार छु, यहाँ आजसम्म कोही आउनुभएको थिएन, तपाईं आउनुभयो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>