Breaking News

पार्टीको पक्षमा माहोल बन्दै गएपछि डिजिटल र भौतिक प्रहार सुरू भयोः रवि लामिछाने

Banner

चितवन, कात्तिक ३०-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको पक्षमा माहोल बन्दै गएपछि डिजिटल र भौतिक प्रहार सुरू भएको बताएका छन् । पहिल्यै सल्टिसकेको आफ्नो नागरिकताको विषय अहिले उछाल्न खोजिएकोमा उनले आक्रोश व्यक्त गरेका हुन् ।

लामिछानेले रद्द भइसकेको पुरानो नागरिकताको आधारमा उम्मेदवारी दिएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । यसै सन्दर्भमा उनले फेसबुक लाइभमा प्रष्टीकरण दिएका हुन् । उनले चार वर्षअघि नै आफ्नो नागरिकताका विषयमा सबै कुरा सेटल गरिसकेको उल्लेख गरे ।

लामिछानेले भने, ‘यो चार वर्षअघि सकिएको विषय हो । धेरैअघि समाधान भइसकेको भनेर सबै जानकारी गराइसकेको छु । कसैले उजुरी दिनु ठूलो कुरा होइन । यसबाट म विचलित हुन्न र मतदाताहरूलाई पनि विचलित नहुन आग्रह गर्छु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>