मनोरञ्जन

कांग्रेसलाई भोट हाल्ने निर्णय गरेको भिडिओ टिकटकमा हाल्दा गायिका एलिना विवादमा

Banner

काठमाडौँ, कात्तिक ३०-

गायिका एलिना चौहान एक टिकटक भिडिओका कारण विवादमा परेकी छन् । केही दिनअघि अन्य कलाकारसँगै प्रधानमन्त्री निवास पुगेकी एलिनाले भिडिओमा आफूले नेपाली कांग्रेसलाई भोट हाल्ने निर्णय गरेको बताएकी छन्।

उनले टिकटकमा भनेकी छन्, ‘मलाई हजुरहरुसँग सानो कुरा सेयर गर्न मन लाग्यो। अस्ति म प्रधानमन्त्री निवास बालुवाटार गएको थिएँ। हामीलाई प्रधानमन्त्रीज्यूले निमन्त्रणा दिनुभएको थियो। म पार्टी र चुनावको हिसाबले भन्दा देशको प्रधानमन्त्रीले बोलाउनुभयो भनेर गर्व महसुस गरेर गएको थिएँ। गएपछि एक प्रकारको खुसी हुन्छ, त्यही खुसीमा उहाँसँगको फोटो फेसबुकमा सेयर गरे र धेरैको गाली पनि खाएँ।’

उनले अगाडि भनेकी छन्, ‘तर प्रधामन्त्री निवास गएपछि फरक पाएँ। आरजु म्यामसँग कुरा गर्‍यौँ। उहाँले पनि हामीलाई प्रत्यक्ष भेटेर कुरा गर्नुभयो। प्रधानमन्त्रीज्यूले पनि हामीसँग कुरा गर्नुभयो। आरजु म्यामको बारेमा बाहिर जति पनि नराम्रो कुरा सुनिन्थ्यो, हामीलाई पनि होला भन्ने लाग्थ्यो तर उहाँलाई भेटे पनि यो सब गलत रहेछ भन्ने मलाई लाग्यो। त्यसपछि अर्को खुसीको कुरा कलाकारको अहिलेसम्म कसैले पनि सोच्दिनु भएको थिएन। कलाकार चलुन्जेल नेपालमा बस्छन्। चल्न छाडे पनि नेपालमा भविष्य नभएर विदेश जानुपर्छ। यो बारेमा पनि उहाँहरुले कुरा उठाउनुभयो। कलाकारका लागि पनि सोच्दिने मैले नेपाली कांग्रेस मात्रै पाएँ। त्यो भएर मैले आफ्नो भोट नेपाली कांग्रेसलाई दिने निर्णय गरेँ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>