Breaking News

भोट माग्न योगेशको नयाँ शैली- भेट्न नपाएका मतदातालाई खामबन्दीमा चिठी

Banner

ताप्लेजुङ, कात्तिक ३०-

नेकपा एमालेका सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभा उम्मेदवार योगेश भट्टराईले यसपटक भोटमाग्न नयाँ शैली अपनाएका छन् । उम्मेदवारहरूले मत माग्न घरदैलोसँगै सामाजिक सञ्जालको भरपुर उपयोग गरिरहेको समयमा उनले नयाँ शैली अपनाएका छन् ।

दोस्रोपटक ताप्लेजुङबाट जित निकाल्न प्रयास गरिरहेका भट्टराईले मतदातालाई हुलाकबाट खामबन्दी चिठी पठाएर आफूसहित प्रदेशसभाका दुई उम्मेदवारका लागि मत मागेका छन् ।

इन्टरनेटको दुनियाँ र सहज सन्चारका कारण लोप हुँदै गएको हुलाकबाट यसपटक ताप्लेजुङमा भने घरघरमा पत्र पठाइँदैछ । प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश भट्टराई र प्रदेशसभा १ का तीलकुमार मेन्याङ्वो र २ का गोपाल थोप्राले हस्ताक्षर गरेको पत्रमा सूर्य चिन्हमा मतदान गरेर एमालेका उम्मेदवारलाई विजयी गराउन अपिल छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>