देश/प्रदेश

कांग्रेस बीपीको मेलमिलाप नीति छाडेर लम्पसारवादी भयोः मनीषा कोइराला

Banner

हेटौँडा,कात्तिक २८-

बलिउड अभिनेत्री मनीषा कोइरालाले नेपाल आफ्नो स्वाधीनता विपरीत लम्सरवादमा जान लागेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । मुम्बइमा फिल्म छायाँकन रोकेर राप्रपाको चुनावी अभियानमा सहभागी हुन नेपाल आएकी कोइरालाले सोमवार हेटौंडामा आयोजित आमसभालाई सम्बोधन गर्दै देशभक्तहरूलाई चुनाव जिताउन आह्वान गरिन् । बीपी कोइरालाकी नातिनी मनीषाले बीपीको राष्ट्रिय मेलमिलाप नीति कांग्रेसले छाडेकाले लम्पसारवादमा मुलुक जान लागेको बताइन् । उनले देशलाई स्वाधिन बनाउने हो भने राष्ट्रिय मेलमिलापको नीति अपनाउनै पर्ने बताइन् ।

उनले भनिन्हा-मी अरूका अगाडि झुक्दैछौं, लम्पसारवाद भएका छौँ । हामीले राष्ट्रिय मेलमिलपाको नीति अपनाउनै पर्छ । अहिलेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङदेनमा त्यो क्षमता देखेर मैले समर्थन गरेको हुँ, म राप्रपा प्रवेश गरेको होइन । आफूलाई क्यान्सर लागेर निको भइसकेको सुनाउँदै उनले देशलाई भ्रष्टाचारको क्यान्सरबाट मुक्त गर्न राजेन्द्रको कुराले आफूलाई प्रभावित बनाएको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>