Breaking News
प्रचण्डले भनेः शान्ति सम्झौता गरेर मैले देश नजोगाएको भए १७ हजारको होइन लाखौँको ज्यान जान्थ्यो

गोरखा, कात्तिक २८-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता नभएको भए १७ हजार मात्रै होइन, लाखौँको ज्यान सक्ने बताएका छन् ।
लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शान्ति सम्झौता गरेर आफूहरूले देशलाई अफगानिस्थानजस्तो हुनबाट जोगाएको जिकिर गरेका छन् ।
उनले भने, ‘हामीले शान्ति सम्झौतामा हस्ताक्षर नगरेको भए के हुन्थ्यो होला देश ? युद्ध र द्वन्द्वको स्थिति अझै चर्किँदै गएको भए। हामीले भन्ने गरेको छौँ १७ हजार नेपालीको ज्यान गयो। लडाइँमा धेरै पीडित भए। ठुलो पीडाबाट हामी गुज्रिनपर्थ्यो। त्यस बेलामा कांग्रेस र माओवादी नमिलेको भए त्यसलाई रोक्न।
आमनेसामने हुने शक्तिहरूको बीचमै सहमति भइसकेपछि शान्ति आउने बताए। उनले शान्ति सम्झौता नभएको भए १७ हजारको मात्रै नभएर लाखौँको ज्यान जान सक्ने स्थिति आउने अवस्थामा गुज्रिरहेको परिस्थिति भएको सुनाए।


























