Breaking News

ओलीले धोखा दिए, अब २० वर्षसम्म यही गठबन्धन रहन्छः प्रचण्ड

Banner

गोरखा, कात्तिक २८-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको २० वर्ष सम्म पनि यही गठबन्धन रहने बताएका छन् । लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोखा दिएको बताउदै अबको २० वर्ष सम्म पनि यही गठबन्धन रहने बताएका हुन् ।

उनले ओली बाध्य भएरमात्रै संविधान बनाउन मानेको उल्लेख गर्दै संविधान र लोकतन्त्र सिध्याउन लागिपरेको आरोप लगाए । त्यस्तै संविधान र लोकतन्त्रमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने उनको टिप्पणी छ । उनले ओलीसँग मिलेर ज्ञान प्राप्त गरेर आएको बताउँदै अब फेरि मिल्न नजाने प्रष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>