मनोरञ्जन

नेपालले गर्व गरेको भन्दै ‘द भ्वाइस’ जित्न बालेनले दिए परिजितालाई शुभकामना

Banner

काठमाडौँ, कात्तिक २८-

द भ्वाइसको अमेरिकी संस्करणमा प्रतिस्पर्धा गरिरहेकी नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलालाई काठमाडौं महानगर प्रमुख तथा गायक बालेन साहसहितका सेलिब्रिटीले शुभकामना दिएका छन् ।

परिजिताको प्रस्तुतिबाट नेपालले गर्व गरेको भन्दै बालेनले जितको शुभकामना दिएका थिए । उनीहरु बिच केही दिनअघि भर्चुअल मिटिङ भएको थियो । उक्त अवसरमा ‘नेपहपको श्रीपेच’का निर्णायक समेत रहेका बालेनले यसबाट नेपाली सांगीतिक क्षेत्र र संस्कृतिलाई प्रवर्द्धन गर्न मद्दत पुगेको बताए ।

बालेनले परिजितालाई नेपाली बोल्नुहुन्छ भनेर सोधेका थिए भने जवाफमा परिजिताले आफ्नो पहिलो भाषा नेपाली नै भएको भनेर जवाफ दिएकी थिइन् । द भ्वाइसपछि समय मिलाएर नेपाल घुम्न आउने परिजिताले जानकारी दिएकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>