Breaking News

देउवालाई ओलीको प्रश्नः पाँचपटक प्रधानमन्त्री भएर के काम गर्नुभयो ?

Banner

दैलेख,कात्तिक २७-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकका लागि के के काम गर्नुभयो भन्दै प्रश्न गरेका छन्। मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी सभालाई सम्बोधन गर्न दैलेखको चामुण्डा आएका उनले देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकको हितका लागि गरेको कुनै एक मात्र काम देखाउन चुनौती दिएका छन्।

उनले अहिलेको गठबन्धन सरकारले जनताका लागि भन्दा पनि आफ्ना नजिकका कार्यकर्ता पोस्ने काम मात्र गरेको आरोप लगाए। ओलीले अहिलेको गठबन्धन सरकारलाई कठपुतलीको संज्ञा दिँद‌ै मुलुक बनाउन एमाले जस्तो देशभक्त पार्टी सरकारमा आउनुपर्ने बताए।

ओलीले प्रचण्डको संगतमा रहेर देउवाले ‘बन्दुके’ भाषा बोल्ने थालेको आरोप बताए। उनले वार्ताका माध्यमबाट नेपाली भूमि फिर्ता ल्याएर छाड्ने प्रतिबद्धता जनाए। उनले मुलुकको समृद्धिका लागि दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन गर्न एमाले नै सरकारमा आउनुपर्ने बताए।

ओलीले एमालेले अहिलेको अवधिसम्म जनहितविपरीत काम नगरेको र नगर्ने बताए। उनले एमालेले भोटका लागि जनता अलमल्याउने काम नगर्ने बताए । ओलीले आफू सरकारमा हुँदा गरेका राम्रा काम देखेर विभिन्न बहानामा आफूलाई सरकारबाट हटाएको बताए। उनले एमाले एकताबद्ध रहेको बताउँदै आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी पनि गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>