Breaking News

अहिले नेपालमा म र देउवा मिलेपछि नहुने केही छैनः प्रचण्ड

Banner

गोरखा, कात्तिक २७-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा मिलेपछि नहुने केही नभएको बताउनु भएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आज भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफू देउवासँग मिलेपछि गोरखामा विकास निर्माण लगायत काम गर्न सकिने बताउनु भएको हो। उहाँले सत्ता गठबन्धनका उम्मेदवारलाई मंसिर ४ को चुनावमा मत दिएर जिताउन पनि आग्रह गर्नु भएको छ।

उहाँले भन्नु भयो, ‘ अहिले नेपालमा प्रचण्ड र देउवा मिलेपछि नहुने केही छैन।’ त्यस्तै आज प्रचण्डले चुमनुब्रीका छेकम्पार, सामागाउँ र सिर्दिवासका चुनावी सभालाई सम्बोधन गर्नु भएको थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>