Breaking News

भ्रष्टाचारीले पैसा दिएर मत किन्न खोजे खाइदिए हुन्छः ओली

Banner

कैलाली,कात्तिक २६-

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पैसामा भोट नबेच्न मतदातासमक्षा आग्रह गरेका छन्। तर, कसैले पैसाले मत किन्न खोजे पैसा खाइदिन उनले मतदातालाई आग्रह गरे। कैलालीको अत्तरियामा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘भ्रष्टाचारीले पैसाले मत किन्न खोजे गरिबहरुले खाइदिए हुन्छ। भोट हाल्ने बेलामा गल्ती गर्नुहुँदैन, भ्रष्टाचारीका पैसामा भोट बेचिनुहुन्न।’

ओलीले सभामा संरचना बनेर सञ्चालन गर्न बाँकी गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए। प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको डाँडामा मेडिकल कलेज लैजान खोजेको उनले आरोप लगाए। ‘प्रधानमन्त्रीज्यूले डडेल्धुराका डाँडामा मेडिकल कलेज लैजाने भनेका छन्, गेटा मेडिकल कलेज चलाउनु पर्छ,’ उनले भने, ‘संरचना बनेका छन्, हामी सञ्चालन गर्छौं।’ चुनावपछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने ओलीको दाबी छ। ‘मंसिर ४, ओली सरकार, यो जनताको आवाज हो,’ उनले भने।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>