Breaking News

आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन्ः स्वर्णिम वाग्ले

Banner

काठमाडौं, कात्तिक २६-

अर्थविद् स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। शनिबार काठमाडौं क्षेत्र नम्बर-४ को एक कार्यक्रममा बोल्दै वाग्लेले मुलुकको प्रधानमन्त्री बन्न थापा सक्षम र तयार रहेको बताएका हुन्।

वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूजस्तै विज्ञहरूको टिम रहेको समेत बताए। थापालाई प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलूकमा ठूलो परिवर्तन आउने उनको भनाइ छ। ‘अब पुराना पुस्ताका नेताको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्छ,’ उनले भने, ‘यसपालि उहाँहरूले जहाँसम्म नेपाललाई लिएर आउनुभएको छ। त्यसका निम्ति पनि धन्यवाद दिने र अबको नयाँ यात्रा चाँही नयाँ पुस्ताबाट नै ड्राइभ गर्ने खालको राजनीतिक प्रक्रियामा हामी गएका छौं।’ गगन थापालाई फेरि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियो भने सामाजिक सुरक्षाको प्रत्याभूतिले मूर्त आकार लिने वाग्लेको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>