राजनीति

काठमाडौं-२ की उम्मेदवार सोबितालाई नायिका वर्षा सिवाकोटीले समर्थन जनाउँदै दिइन् घण्टी उपहार

Banner

काठमाडौं, कात्तिक २६-

पेप्सीकोलामा आयोजित कोणसभामा काठमाडौं-२ की उम्मेदवार सोबिता गौतमलाई नायिका वर्षा सिवाकोटीले आफ्नो समर्थन जनाउँदै घण्टी उपहार दिएकी छिन् ।

आसन्न संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नं २२ मा प्रतिनिधिसभा सदस्य रहेकी अधिवक्ता सोबिता गौतमलाई नायिका वर्षा सिवाकोटीले आफ्नो समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टि उपहार दिएकी हुन् ।

वर्तमान अवस्थामा राजनैतिक पुस्तान्तरणको बहस चालिरहेको र विभिन्न अन्तरवार्तामा सोबिताले प्रस्तुत गरेका एजेण्डा भिजन र सङ्कल्पहरू मन परेको कारण आफूले सोबितालाई समर्थन जनाएको वर्षाले बताइन।

कुनै पनि पार्टीको नभई आफूले एक दक्ष उम्मेदवारलाई समर्थन जनाएको वर्षाको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>