चितवन विशेष

अब सबै सुकुम्बासीको हातमा लालपुर्जा हुन्छ, चुनावी आश्वासन मात्र हुँदैनः उत्तम जोशी

Banner

चितवन, कात्तिक २५–

चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार उत्तम जोशीले भूमिहीन र अव्यवस्थित बसोबासीका लागि लालपुर्जा सधैं चुनावी आश्वासन मात्रै हुनु दुःखद भएको बताएका छन् ।

आज (शुक्रबार) भरतपुर महानगरपालिका २ मा घरदैलोको क्रममा जोशीले यस्तो बताएका हुन् । उनले आफूले लालपुर्जालाई केबल चुनावी आश्वासन मात्रै नबनाउनेमा ढुक्क हुन आग्रह गरे ।

गठबन्धन सरकार आएपछि लालपुर्जा वितरण सुरु भएको भन्दै निर्वाचनपछि फेरि निरन्तरता पाउने उनले बताए । ‘सुकुम्बासीको ३०–४० वर्षदेखिको लालपुर्जाको जुन समस्या थियो अहिले हामीले गठबन्धनको सरकार आएपछि वितरण गरेका छौं । अब चुनावपछि सबैको हातमा लालपुर्जा हुन्छ’, जोशीले भने ।

उनले भूमिहीन सुकुम्बासीले लालपुर्जा पाउन फेरि गठबन्धनको सरकार आवश्यक रहेको बताए । उनले जनताले मत दिएर विजयी गराए भूमिहीन सुकुम्बासीका सबै समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।

लालपुर्जासँगै स्वास्थ्य, शिक्षा, खाने पानी, सडक र विद्युतको समस्या पनि समाधान गर्ने उनले प्रतिवद्धता जनाए । आफू निर्वाचित भएपछि जन चाहना अनुसार नै काम गर्ने उनको भनाइ थियो ।

उनले चितवन २ लाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने बताए । केरुङ्गा घोल, डबकहा घोल, पुङ्गीखोलालगायतलाई व्यवस्थित गर्ने आफ्नो योजना रहेको उनले बताए । यस्तै जलदेवी सामुदायीक वन, जखडीमाई, गणेशस्थान, राइनो ताललगायतको क्षेत्रलाई समेटी धार्मिक साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने योजना रहेको उनले सुनाए ।

नेपाली कांग्रेसका जोशी मंसिर ४ मा हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट चितवन २ (ख) का साझा उम्मेदवार हुन्। गठबन्धनबाट प्रतिनिधि सभा चितवन २ मा कांग्रेसकै उमेश श्रेष्ठ र २ (क) मा माओवादी केन्द्रका घनश्याम दाहाल उम्मेदवार छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>