Breaking News

चितवन २ मा उमेश श्रेष्ठको घरदैलो र कोणसभामा जनसहभागिता बढ्दै

Banner

चितवन, कात्तिक २५–

संघीय तथा प्रादेशिक निर्वाचन नजिकिदै गर्दा चितवनमा विभिन्न दल तथा पार्टीले आफ्नो चुनावी प्रचार अभियानलाई तीब्र पारेका छन । चितवनमा सबैभन्दा बढी चासोको रुपमा हेरिएको क्षेत्र नम्बर २ मा पनि मुख्यत तीन पक्षका पार्टीहरु तीब्र प्रतिस्पर्धामा देखिन्छन् । उनीहरु मतदाता रिझाउन आफ्ना चुनावी प्रतिबद्धता र विकास निर्माणका कामलाई देखाएका छन ।  पछिल्लो केही दिनयता राज्यमन्त्री उमेश श्रेष्ठको पक्षमा जनसहभागिता  बढ्दै गएको पाईएको छ ।

श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुंँदा देखिनै उनले गरेको उदाहरणीय कामले गर्दा पनि जनताको उनीप्रति विश्वास बढ्दै गएको पाईएको हो । हाल क्षेत्र नम्बर २ मा उमेश श्रेष्ठले अधिकांश वडामा घरदैलो गरिसकेका छन् । उनको प्रतिबद्धता र उनको इतिहासका बारेमा बुझेका जो कोही मतदाताले पनि मत दिने वचनबद्धता व्यक्त गर्न थालेका छन् । घरदैलो गर्ने अभियानमा शुक्रबार कालिका नगरपालिका वडा नम्बर ३,६ ७, ८ मा घरदैलो र कोणसभा सम्पन्न भएको छ ।

घरदैलो र कोणसभामा सयौंको संख्यामा मतदाताहरु सहभागिता रहेको थियो । यसैक्रममा प्रतिक्रिया दिदै नेपाली कांँग्रेस, चितवनका निवर्तमान सभापति जित नारायण श्रेष्ठले उमेश श्रेष्ठको पक्षमा जनलहर बढ्दै गएको बताए । ‘जनताले उहांँ एक विकासवादी नेता , गरिखाने वर्गको अभियान्ताको रुपमा नजिकबाट बुझिसके, उनले भने, दिनानु दिन उहांँका पक्षमा माओल तातिएको पाएको छु ।’ उमेश श्रेष्ठलाई जिताउंँदा राज्यको नीतिगत तह तथा मन्त्रालयसम्म पनि पहुंँच पुग्ने भएकोले पनि मतदाता आकर्षित भएको उनको भनाई छ । ‘हिजो अस्ती नारायणगढ बजार, देवघाट लगायतका क्षेत्रहरुमा पनि घरदैलो गर्दा पनि मतदाताको मैले आशा गरेभन्दा पनि बढी उहांँको पक्षमा नै जनलहर देख्यौं , उनले भने, आज कालिकाको घरदैलोमा पनि सोचेभन्दा बढी जनसहभागिता रहेको पायौं ।’

यस्तै अर्का मतदाता दिलिप प्रजा पनि निकै उत्साहित देखिन्थे । ‘मैले उहांँलाई नजिकबाट देख्ने मौका पाएंँ ।उहांँ स्पष्ट वक्ता र भिजन भएको नेताको रुपमा समेत पाएंँ । त्यसैले हामी सबैले उहांँलाई जिताउनु हाम्रो कर्तव्य हो ।’ प्रजाले भने । काम गर्ने नेतालाई जिताउन पर्ने राख्दै उनले यो क्षेत्रमा उमेश श्रेष्ठको विकल्प नरहेको बताए ।
अर्का मतदाता सुमित्रा अधिकारी पनि उमेश श्रेष्ठको पक्षमा जनलहर सोचेभन्दा बढी भएको बताउंँछिन । ‘मैले यस्तो जनलहर अन्य पार्टीको देखिन ,उनले भनिन्, यो विश्वास उमेश श्रेष्ठको काम गर्ने क्षमता, दक्षताले पनि भएको हो ।’

घरदैलो पछिको कोणसभामा बोल्दै उम्मेदवार श्रेष्ठले आफूप्रति जनताले देखाएको विश्वास र भरोसा कुनै हालतमा टुट्न नदिने बताए । ‘म जे बोल्छु त्यही गर्छु, म भाषण भन्दा काम बढी गर्ने मान्छे हुंँ । उनले भने, हजुरहरुको आशा र भरोसा म टुट्न दिन्न । आफू निकै संघर्षबाट आएको व्यक्ति भन्दै आफू गरिखाने वर्गको अभियान्ता भएको बताए । आफूले चुनाव जितेमा हरेक वडामा सम्पर्क कार्यालय स्थापना गरी जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘चुनाव जिताउने जिम्मा तपाईंको , काम गर्ने जिम्मा मेरो । म सधै जनताको सेवक हुन चाहन्छु ।’ श्रेष्ठले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>