Breaking News

भोट किन हाल्ने ! जितेपछि कोही फर्केर आउँदैन,गुनासो कसलाई पोख्ने ?

Banner

प्रतिमा कुमाल

चितवन, कात्तिक २५–

हरेक निर्वाचनमा पार्टीका उम्मेदवारलाई भ¥याङ चढाउँदै आएका चितवनका मतदाता यस पटकको निर्वाचनमा सन्तुष्ट देखिदैनन् । निर्वाचनको समयमा गरेका बाचा जितेर गइसकेपछि भुल्ने नेताहरुलाई किन भोट हाल्ने भन्दै मतदाताले प्रश्न गर्ने गरेका छन् । भरतपुर महानगरपालिका १ लिला चोककी बाटुलीमाया श्रेष्ठ चुनाव जितेर गएपछि नेताहरु पाँचबर्ष देखानै नपर्ने गरेको गुनासो गर्नुभयो ।

नागरिकको मत लिएर कुर्सीमा पुग्ने र नागरिकलाई नै ज्यादती गर्ने गरेको उहाँको भनाई छ । ‘भोट हालेर चुनावमा जिताएर के गर्ने ? काम गरीखाने ठेला महानगरमा छ । काम गरेर पनि खान दिइएन’,श्रेष्ठले गुनासो गर्नुभयो ।’ रोजगारी दिन्छु भन्दै भोट मागेको सम्झैदै उहाँले नेताहरु जितेपछि फर्केर नआउने,हामीले कसलाई गुनासो गर्ने भन्नुभयो । उहाँले ठेलामा मकै पोलेर परिवार पाल्दै आउनुभएको छ । उहाँले साँझ विहानको हातमुख जोर्ने ठेला भरतपुर महानगरपालिकाले लगिदिएको छ । सडकमै मकै बेच्दै गर्दा महानगरपालिकाबाट आएको नगर प्रहरीले उहाँको ठेला नियन्त्रणमा लिएको थियो । ‘पटक–पटक महानगर धाउँदा पनि ठेला पाइएन,उहाँले भन्नुभयो’,हामी सोझा मान्छेको पहुँचमा मान्छे छैनन् ।’

भरतपुर महानगरपालिका ११ भोजाडकी मतिमाया कुमालले यस पटकको निर्वाचनमा भोट नहाल्ने मनसाय बनाउनुभएको छ । ‘यसअघि पटक–पटक भोट हाल्यौ,तर हाम्रो जिवनमा परिवर्तन आएन,उहाँले भन्नुभयो ।’ मिठा सपना देखाएर एकदिन खसीको मासु खुवाउनेलाई भोट हाल्दा देशले वर्वादी भोग्नुपरेको उहाँको भनाई छ । ‘गरिवलाई धनी बनाउने भनेका छन्,पहिलेपहिले पनि यस्तै भन्थे,जितेपछि कुर्सीको लुछाचुडीमा समय खर्च गरे’,उहाँले भन्नुभयो ।’ खाद्यान्नको मूल्य आकाशिएको भन्दै उहाँले साँझ विहानको छाक पनि टार्न नसक्ने अवस्था आउन लागेको गुनासो गर्नुभयो । ‘महंगी दीनदीनै बढ्छ,मजदुरको ज्याला बढ्दैन,जनताको दुःख बुझ्ने नेता को छ र ? उहाँले प्रश्न गर्दै भन्नुभयो ।’

प्यारालाइसिसका कारण एउटा हात नचल्ने उहाँका श्रीमानले ज्याला मजदुरी गर्नुहुन्छ । यसैबाट घरमा चुलो बलेको छ । आफुलाई भोट हाल्न मन नलागेपनि श्रीमान भने एकपटक सोचेर भोट दिने विचारमा रहेको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका १ की लक्ष्मी श्रेष्ठले लालपूर्जाको आश्वासन दिँदै उम्मेदवाहरु भोट माग्न आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ,‘हामीलाई आश देखाएको बर्षै भइसक्यो,अव कहिलेसम्म पर्खने ।’उहाँले आफ्नै घर अगाडिको भत्केको सडक देखाउँदै यिनीहरुलाई कसरी भोट दिने भन्नुभयो । ‘तीन बर्ष अघि कालोपत्रे गरेको कमसल काम भएका कारण भत्कियो,उहाँले भन्नुभयो,अहिले दिनभर धुलो खाँदै बस्नुपरेको छ ।’ ‘निर्वाचनका वेला जनताको माग आवश्यकता उम्मेदवारको घोषणापत्रसंग मिल्दोजुल्दो हुन्छ । पदमा गएपछि ति सवै कागजमा सिमित हुन्छ’,स्थानीय राम बहादुर क्षेत्रीले भन्नुभयो ।’ अटो चलाउँदै आउनुभएका उहाँ काम गर्ने वातावरण नभएकै कारण हजारौं युवाहरु विदेशिनु परेको बताउनुभयो ।

भरतपुर १ स्थित पोखरा बसपार्कका जिसी शर्माले निर्वाचनको समयमा मत दिँदा विचार पु¥याउनुपर्ने बताउनुभयो । ‘फकाउन र प्रलोभन दिन घरघरमा आउन सक्छन्,उहाँले भन्नुभयो,देशको अवस्था हेरेर सोच विचार गरेर मत दिनुहोला ।’

दियालो टोल विकास समिति भरतपुर १ की अध्यक्ष सुवद्रा श्रेष्ठले पार्टी प्रति आफ्नो आस्था भएपनि सही व्यक्ति छनोट गर्नुपर्ने बताउनभयो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा चितवनका ४ लाख ८ हजार ३ सय ४२ जना मतदाताले भोट हाल्दै छन् । जसमा महिला २ लाख ९ हजार ३ सय ९ जना रहेका छन भने पुरुष १ लाख ९९ हजार ३२ जना छन् ।

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>